रवि लामिछाने कारागार चलान

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार ११:५६

बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले कारागार चलान गरेको हो । उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ । लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए ।

यति एअरलाइन्सको विमानमार्फत शनिबार गौतमबुद्ध विमानस्थल पुर्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । सरकारी बिदाका कारण २ दिन उनले प्रहरी हिरासतमा बिताउनु पर्यो ।

अब आफूविरुद्धको मुद्दामा अदालतले फैसला नगरेसम्म लामिछानेले कारागारमै बस्नुपर्ने हुन्छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम अपचलन गरेको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । उच्चको आदेशसँगै जिल्ला अदालतको आदेश बदर भएको छ ।

उच्चले आदेश दिएलगत्तै उनलाई प्रहरीले रातारात पक्राउ गर्यो । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने व्याख्या उच्च अदालतको छ ।

लामिछानेविरुद्ध अरु सहकारीको रकम अपचलनमा पनि मुद्दा दर्ता भएको थियो । विभिन्न अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.