विराटनगरमा घरभित्रबाट ४५ किलो गाँजा बरामद

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार १४:५७

विराटनगर । विराटनगरका २ वटा घरबाट लागुऔषध गाँजा बरामद भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको हो ।

विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट सोमबार बिहानका राति गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भूपेनको घरमा ३० र छटुको घरमा १५ किलोग्राम गाँजा फेला परेको हो ।

व्यक्तिको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मध्यरातमा छापा हानेको थियो । रीतपूर्वक घर खानतलासी गर्दा सेतो प्लाष्टिकमा ‘प्याक’ गरेर झोलामा राखिएको अवस्थामा गाँजा फेला परेको जोशी बताए ।

घरमा गाँजा भेटिएसँगै प्रहरीले भूपेन र छटुलाई पनि पक्राउ गरेको छ । बरामद भएको गाँजासहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । यस विषयमा रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी जोशीले दिए । उनका अनुसार भूपेन र छटुले गाँजा कहाँबाट ल्याएर घरमा भण्डारण गरेका हुन् भन्ने यकिन हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.