ग्रामथान अध्यक्षले वडाध्यक्षलाई दिए कार्यवाहक, अदालत जाने तयारीमा उपाध्यक्ष

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार २०:०९

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । ९ दिने चीन भ्रमणमा जाने भएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएका हुन् ।

माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । भगत नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । पालिका उपाध्यक्ष गुणवतीदेवी थारुले  आफू कार्यालयमा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको गुनासाे गरिन् । उनले कार्यवाहककाे विषयमा अब न्यायिक लडाइँ लड्ने बताइन् ।

माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् । सोमबार कार्यालयबाट बिदा भएका उनको बिदाइका लागि उपाध्यक्ष थारु गइनन् ।

अध्यक्ष माझी नेकपा माओवादी केन्द्र उपाध्यक्ष थारु एमालेबाट निर्वाचित भएकी हुन् । दुईबीच सम्बन्ध राम्रो छैन । सम्बन्ध राम्रो नभएपछि अध्यक्ष माझीले आफ्नै पार्टीका वडाध्यक्षलाई कार्यवाहककाे जिम्मेवारी दिएका हुन् । वडाध्यक्ष भगतले कार्यवहाक जिम्मेवारी आफूले पाएकाे बताए ।

कानुनत उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिन मिल्दैन ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.