
विराटनगर । सक्रिय राजनीतिमा आउने पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको सेवा सुविधाबारे सोच्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालले बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिमा लाग्दा र नलाग्दा दिने सुविधा फरक–फरक हुनुपर्ने बताएका हुन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् ।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आइसकेपछि त अर्को ढंगले सोच्नुपर्छ’, उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरी दिने सुविधा र राजनीतिमा लागिसकेपछि दिने सुविधानमा फरक हुनुपर्छ ।’ फरक प्रसंगमा अध्यक्ष नेपालले मुलुकमा राजतन्त्रको औचित्य समाप्त भएको बताए ।

























