नेकपा एस कोशीको अध्यक्षमा खड्का सर्वसम्मत

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १९:१४

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता थापा खड्का चयन भएकी छन् । निर्वाचन प्रक्रिया रोकेर केन्द्रीय नेतृत्वले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको हो ।

प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टकाे पनि दाबी थियाे । इटहरीमा जारी पहिलाे प्रदेश अधिवेशनमा बुधबार हुने भनिएकाे निर्वाचन प्रकृया राेकेर नेताहरुले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

कोशी प्रदेशकी पूर्वसांसद खड्का एमालेका स्वर्गीय नेता डम्बर खड्काकी श्रीमती हुन् ।

प्रदेश कमिटीको सचिव खोटाङका जलेश्वर राई चयन भएका छन् ।  उपसचिवमा भवानी शंकर चयन भएकाे प्रदेश अधिवेशनस्थलमा रहेका नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए ।

प्रदेश कमिटीकाे उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीकाे पहिलाे बैठकले रिक्त रहेकाे पदमा मनाेनयन गर्नेछ ।

प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.