उपप्रधानमन्त्री पौडेलले भने, ‘राजावादीलाई सडकमै पछार्नुपर्छ’

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार १५:२३

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले ‘दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्ने’ बताएका छन् ।

पार्टीले आज (शुक्रबार) बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने भन्दै उनले प्रतिगामी तत्त्व र राजावादीको कुनै भविष्य नभएको दाबी गरे । राजनीतिक दलहरूले नै मुलुकलाई अगाडि बढाउने पौडेलको भनाइ छ ।

देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । पौडेलले लुम्बिनी प्रदेशमा प्रधानमन्त्री केपी ओलीले धेरै विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटन गरेको बताउँदै ओलीकै नेतृत्वमा मुलुकमा धेरै विकास भएको दाबी गरे ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.