दमकमा एमालेको जागरणसभा आज, प्रधानमन्त्रीले सम्बोधन गर्ने

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार ०८:२९

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज दमक आउँदैछन् । दमक पशुहार्टमा हुने विशाल जागरणसभालाई सम्बोधन गर्न उनी झापा आउन लागेका हुन् ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेशस्तरीय जागरणसभा गर्दैछ ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँ–गाउँबाट एमालेका कार्यकर्ताहरु दमक पुग्नेक्रम सुरु भएको छ ।

कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुससहित सहभागीहरु पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्ने एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

यसैगरी, पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् ।

जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज बिहान १० बजे भद्रपुर विमानस्थलमा उत्रनेछन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.