
झापा । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नगर सचिवलाई पार्टी प्रवेश गराएका छन् ।
रास्वपा उदयपुर चौदण्डीगढी नगरपालिकाकी सचिव प्रियाकुमारी राईलाई झापाको दमकमा आयोजित जागरणसभामा अध्यक्ष ओलीले एमाले प्रवेश गराएका हुन् ।
राई शिक्षण पेशामा छिन् ।
जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताए ।

























