विराटनगर । नयाँ वर्ष २०८२ को सुरुवातसँगै प्रदेशको विकासको आधारशिला पर्यटन वर्ष र लगानी सम्मेलन भएको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले ०८२ सालको शुभकामना दिँदै प्रदेशको समृद्धिको आधारशिला पर्यटन वर्ष र लगानी सम्मेलन रहेको बताएका हुन् ।
विगतका कामको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने बताउने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘संघीय संरचनालाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न संघीयतालाई बलियो बनाउनु पर्छ । स्वदेश तथा विदेशमा रहेका आम नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।’
प्रदेशका जनतालाई नयाँ उत्साह थप्नका लागि नयाँ वर्षमा नै लगानी सम्मेलन गरेर प्रदेशको सुख प्रदेशको विकास समृद्धिमा नयाँ इँटा थप्ने प्रयत्नसमेत भइरहेको उनले बताए ।
सीमित स्रोत साधनले जनताका आकांक्षालाई भनेजस्तो पूरा गर्न नसके पनि संघीयताको यो ७ वर्षमा कोसी प्रदेश सरकारले धेरै काम गरेको उल्लेख गर्दै त्यसलाई तथ्यको आधारमा प्रस्तुत गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको शुभकामना सन्देशमा भनिएको छ ।

























