राष्ट्रिय राजनीतिबारे पार्टीले विवेकपूर्ण निर्णय लिने बेला आयोः कोइराला

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार ०९:४२

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रिय राजनीतिबारे पार्टीले विवेकपूर्ण निर्णय लिने बेला भएको जनाएका छन्। नयाँ वर्ष २०८२ सालको शुुभकामना सन्देश दिँदै नेता कोइरालाले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका कारण कांग्रेसले निर्णय लिने भएको बताएका हुन्। लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धकको पहिचान बनाएको पार्टी भएकाले अब विवेकपूर्ण निर्णय लिनुपर्ने डा. कोइरालाको मत छ।

शुभकामना सन्देशमा कोइरालाले उल्लेख गरेका छन्, ‘नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्नो गौरवशाली इतिहाँसलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन।’

अमेरिका र चीनको व्यापार युद्धका कारण परिस्थिति फेरि शितयुद्ध–२ को अवस्थामा पुगेकाले विपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता बढेको कोइरालाको मत छ। उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरी हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ ।’

कोइरालाले कांग्रेसमा शुद्धीकरण अभियानको आवश्यकता औंल्याएका छन्। राजनीतिमा देखिएको विकृति विसंगतिको अन्त्यका लागि अब ढिलो गर्न नहुने उनको मत । ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौँ, यसको उपचारको खोजी पार्टी भित्रवाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो, कोइरालाले अगाडि भनेका छन्, ‘पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भए झै कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कव्जामा” जाने खतरा छ । र म त्यो देख्दैछु ।’ उनले कांग्रेसको १५औँ महाधिवेशन २०८२ सालभित्र हुनुपर्ने कुरामा पनि जोड दिएका छन्।

यस्तो छ नेता कोइरालाले दिएको शुभकामना सन्देशः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नयाँ वर्ष २०८२ तपाई हाम्रो घर आँगनमा उत्साह र उमंगको साथ पदार्पण गर्दैछ । यो समयमा वितेको वर्षको समीक्षा र आगत नयाँ वर्षले हामी सवै नेपालीलाई सुख, शान्ति र समृद्धि तर्फको यात्रामा र्डोयाउने छ भनी कामना गर्दछौँ ।

नेपालीहरुले मात्र मनाउँने यो नयाँ वर्षलाई एउटा क्यालेण्डर हटाएर अर्को नयाँ क्यालेण्डर झुण्डाउने कार्यमा मात्र हामी सिमीत राख्न सक्दैनाँै । हामी यतिखेर इतिहाँसको त्यो दोबाटोमा उभिएका छौँ जहाँवाट सामान्य त्रुटी हुँदा र गलत दिशा तर्फ जाँदा हाम्रो देश नेपाल ठुलो जोखिममा पर्छ ।

अन्तराष्ट्रिय मंचमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरी हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ । नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्नो गौरवशाली इतिहाँसलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन ।

नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरी नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनु पर्नेछ । यो तवमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन । कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरुको सक्रियता विना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन संभव छैन ।

हामी सवै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छाँै, यसको उपचारको खोजी पार्टी भित्रवाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भए झै कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कव्जामा” जाने खतरा छ । र म त्यो देख्दैछु ।

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो छ । कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्वन्धलाई जोडन पार्टी भित्र शुद्धिकरण अभियान चलाउनुको विकल्प छैन ।

नेपालको संविधानलाई दक्षिणपन्थी भासवाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फवाट साथीहरु अगाडि आउनुपर्छ । यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुनेछ । यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु ।

अन्तमा, एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउँनेछ । नयाँ वर्ष २०८२ हामी सवैको मुहारमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस भन्ने कामना गर्दै सबैमा शुभकामना ब्यक्त गर्दछु । जय नेपाल ।

डा शेखर कोइराला
२०८२ बैशाख १ गते

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.