
दाङ । भारतीय पर्यटक बोकेको बस शुक्रबार दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । दुर्घटना दाङमा भएको हो ।
भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको यूपी ३२ एमएन ९६६६ नम्बरको बस दाङको भागढवा कोइलाबास सडकखण्डको चिसापानीमा दुघटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरु सबै पुरुष छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।























