गणतन्त्र गम्भीर खतरामा पर्यो भनेर सोच्न आवश्यक छैन : प्रचण्ड

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार ११:३८

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र गम्भीर खतरामा पर्यो भनेर सोच्न आवश्यक नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (आइतबार) पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा आएको भनेर सोच्न आवश्यक नभएको बताएका हुन् । दलहरुको बीचमा गणतन्त्रमा कहिल्यै पनि विमति नरहेको उनको भनाइ छ ।

‘पहिलो कुरा अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न जरुरी छैन । जनाधार र जनमतको दृष्टिकोणले पनि अहिले दलहरु चाँहि गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक छैन । गणतन्त्रमा त हामी त्यसै पनि एक छौं, यसै पनि एक छौं । गणतन्त्रकै निम्ति लडेर यहाँसम्म आएका हौं,’ उनले भने ।

अहिलेको गठबन्धनलाई माओवादीको समर्थन नरहने प्रचण्डले स्पष्ट पारेका छन् । शनिबार ३ दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको प्रचण्डले बताए । छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनको भनाइ छ ।

छलफललाई लिएर वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे । ‘अहिलेको गठबन्धनलाई समर्थन होइन । त्यो विल्कुल होइन । त्यो भ्रम नपरोस् । हिजो भेटेपछि लौ समर्थन भयो रे । फेरि गठबन्धनमा जाने भयो कि क्या हो ? जस्तो चर्चा भएको छ । त्यो विल्कुल गलत हो । त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन,’ उनले भने ।

प्रचण्डले गणतन्त्र नामले नभइ कामले बच्ने बताए । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनको भनाइ छ । राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने प्रचण्डको दाबी छ ।

‘राजनीतिमा आउने इच्छा भयो भने केहीले रोक्दैन । हाम्रै उपराष्ट्रपतिले पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहनु भयो । गणतन्त्र सृदृढ हुँदै जानुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने हैन । नामले नभइ कामले बच्नुपर्छ,’ उनले भने । जनमत गणतन्त्रकै पक्षमा रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको प्रचण्डको दाबी छ ।

सरकार परिवर्तनको विषयलाई लिएर राजनीतिक विश्लेषणका आधारमा आफूले बोलिरहेको उनले बताए । ‘आन्तरिक सूचनाहरु छन् । कांग्रेसभित्र जसरी असन्तुष्टि बढ्दै गएको छ । एमालेभित्र पनि । त्यो कारणले परिस्थिति अलिअलि गम्भीर बन्दै गएको छ भनेको हुँ । यो सरकार कहिले हट्छ भन्ने चैं हेर्दै जाउँ,’ प्रचण्डले भने ।

उनले राजनीतिक विश्लेषणका आधारमा ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्छ भनेर कांग्रेसलाई समर्थन गर्छौं भनेको उल्लेख गरे । तर, भ्रष्टाचारका विषयमा कतै, कहीँ, कसैको समर्थन गर्न नसकिने उनले बताए ।

प्रचण्ड २ वटा कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् । विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव र माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा उनी सहभागी हुनेछन् ।

यसबीचमा प्रचण्डले उद्योगी व्यवसायी र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । माओवादीका अनुसार अध्यक्ष दाहाल आजै काठमाडौं फर्किने छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.