लिङ्देनसहितका नेता रिहा भए

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार १८:५१

काठमाडौं । सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरबारबाट लिङ्देनसहितका नेताहरू पक्राउ परेका थिए ।

सिंहदरबारबाट अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका थिए ।

उनीहरूलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीमा करिब ४ घण्टा राखिएका उनीहरू साँझमा रिहा भए ।

यसअघि राप्रपाले साँझसम्म रिहा नगरिए देशभर राँके जुलुस निकाल्ने चेतावनी दिएको थियो ।

केही बेरअघि बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई बल प्रयोग नगर्न र त्यसो गरिए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.