मन्त्रालय घेराउ गर्न गएका डाक्टरलाई प्रहरीले रोक्यो

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ११, बिहीबार १२:३१
तस्बिर स्रोत : नेपाल प्रेस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न गएका डाक्टरलाई प्रहरीले रोकेको छ ।

सरकारले निर्णय गरेको निर्वाह भत्ता नपाएको र आफूहरूमाथि श्रम शोषण भएको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा आन्दोलित बनेका डाक्टरहरू मन्त्रालय घेराउ गर्न गएका थिए । डाक्टरहरुले माइतीघरमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकै क्रममा मन्त्रालय घेराउ गर्न भनेर हिँडेका चिकित्सकलाई प्रहरीले बीचैमा रोकेको हो । नेपाल चिकित्सक संघले २४ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । माग पूरा नभए शुक्रबारदेखि आकस्मिक र सघन उपचारबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त बैठकले आवासीय चिकित्सकको समान सुविधा कायम गर्नुपर्ने निर्णय गरेको हो ।

निर्णय कार्यान्वयन भएमा आवासीय चिकित्सकले मासिक ४८ हजार ७ सय पाउँछन् । तर, निर्णय भए पनि उनीहरुले त्यो सुविधा पाएका छैनन् । सुविधा नपाएपछि चिकित्सक आन्दोलित बनेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×