सशस्त्रका १२ जना डीआईजीको सरुवा, कोशीमा कुमार न्यौपाने (सूचीसहित)

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार २०:२७

विराटनगर । सशस्त्र प्रहरी बलका १२ जना डीआईजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक)को बिहीबार सरुवा भएको छ ।

डीआईजीहरु गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी, कृष्ण ढकाल र दीपेन्द्र कुँवर सरुवामा परेका छन् ।

सशस्त्रका एआईजी (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक) वंशीराज दाहालका अनुसार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा भएको हो । सरुवामा परेकाले अब दरबन्दी कायम भएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्ने उनले बताए ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय सुनसरीको प्रमुखका रूपमा डीआईजी कुमार न्यौपानेको सरुवा भएको छ । उनले अब १४ वटा जिल्ला रहेको कोशी प्रदेशमा १ वर्षसम्म सशस्त्रको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

यसअघि न्यौपाने सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । उनी सशस्त्र प्रहरीका प्रवक्तासमेत हुन् ।

कोशी प्रदेशमा सशस्त्रको कमाण्ड गरिरहेका शम्भु सुवेदीको एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौं सरुवा भएको छ । कोशी प्रदेशमा उनको कार्यकाल विवादरहित बन्न सकेन ।

सुवेदीमाथि नेपाल–भारत सीमा क्षेत्रबाट भारी मात्रामा तस्करीको लाइन चलाएको तथा प्रभावकारी ढंगले सशस्त्र प्रहरी परिचालन गर्न नसकेको आरोप लाग्यो । सशस्त्रका प्रमुख नै उपस्थित हुनुपर्ने कार्यक्रममा पनि नपुग्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।

सुवेदीले आफैं घुमुवा परिचालन गरेर तस्करीमा संलग्न गिरोहसँग पैसा असुल्न लगाउने गरेको घटनासमेत सार्वजनिक भएका थिए । सुवेदीका पालामा सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य भूमिका एवं जिम्मेवारीमा रहनुपर्ने सशस्त्र बारम्बार विवादमा आइरहयो ।

सुवेदीभन्दा अघि कोशीमा सशस्त्रको प्रमुख रहेका डीआईजी अञ्जनीकुमार पोखरेलको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । यसअघि उनी एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा कार्यरत थिए ।

पोखरेलले कोशीमा सशस्त्रको कमाण्ड सम्हाल्दा नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी तस्करी र अवैध धन्दा ठप्प पारेका थिए । गलत गतिविधिमा संलग्न सशस्त्र प्रहरी कारबाहीमा समेत परे ।

सशस्त्रभित्र काबिल अफिसको छवि बनाएका पोखरेलले कोशी प्रदेशमा रहँदा सशस्त्रको साख उच्च बनाउन भूमिका खेलेको भनेर प्रशंसासमेत हुने गरेको छ । विवादरहित ढंगले कोशीबाट बिदा भएका उनी नरम स्वभावका र जिम्मेवारीप्रति प्रतिबद्ध डीआईजी भनेर चिनिन्छन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.