एकता घोषणा अघि रेशम चौधरी पक्राउ

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १३:२६

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा हुँदैछ । एकता घोषणा अघि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन उनी काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । लगतै सादा पोशाकमा रहेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । पक्राउकाे कारण खुलेकाे छैन ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।

गत बिहीबार जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्नका लागि सडयन्त्र भइहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.