
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको नाम अर्काे नभएको बताएका छन् । कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अंग्रेजी नाम सगरमाथा नै रहेको बताएका हुन् ।
सगरमाथालाई माउन्ट एभरेष्ट पनि भनिन्छ । तर प्रधानमन्त्री ओलीले माउन्ट एभरेष्ट नक्कली नाम भएको बताए ।
‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने,‘ हामीले समगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्काे हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’
पर्यटकीय क्षेत्र कोशीमा पर्याप्त रहेकाले पर्यटन क्षेत्रमा लगानी गर्दा सम्भावना पर्याप्त रहेको उनले बताए ।
























