मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार ११:५८

काठमाडौं । मन्त्रिपरिषद्को बैठक र नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ ।

सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले बिहान बस्ने तय भएको थियो ।

त्यस्तै, सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।

अर्को सूचना नआउन्जेलका लागि सबै कार्यक्रम स्थगित भएको सिलवालले बताए पनि स्थगित हुनुका कारण खुलाइएको छैन ।

मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने र शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुने बताइएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.