धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना : वृद्धाको मृत्यु, १३ जना घाइते

Share this
612shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार १२:२५

विराटनगर । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटामा आज (सोमबार) बिहान दुर्घटनामा परेको छ ।

दुर्घटनामा वृद्धाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार बिहान १० बजेतिर दुर्घटना हुँदा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा कति जना सवार थिए भन्ने खुलेको छैन । यद्यपि, १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी खनालले बताए । उनका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनाको अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

यसअघि प्रकाशित समाचारमा १३ जना घाइते हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.