त्रियुगा नदीले बगायो जन्ती पुर्याएर फर्किएको बस

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १५:००

विराटनगर । उदयपुरमा त्रियुगा नदीले बस बगाएको छ । चौदण्डीगढी नगरपालिका– ५  स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेकाे त्रियुगा नदीले बस बगाएको हो ।

प्रहरीका अनुसार सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।

नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान– बेल्टार रूटमा चल्छ ।

गाडी बगाएको स्थान नजिकै पक्की पुल निर्माण भएको थियो । तर निर्माणका क्रममा पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा बर्खायाममा सास्ती भोग्न बाध्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.