धरानमा विषादीयुक्त २ हजार किलो काउली नष्ट

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार २०:३९

धरान । धरान –१३ स्थित कृषि उपज बजारमा बिक्रीका ल्याइएको काउलीमा अत्यधिक विषादी भेटिएपछि नष्ट गरिएको छ ।

मकवानपुरको पालुङबाट बिक्रीका लागि धरान ल्याइएको काउलीमा मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने अत्यधिक विषादी प्रयोग भेटिएपछि २ हजार ४ सय ४२ केजी काउली नष्ट गरिएको हो ।

कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा विषादी परीक्षण गर्दा अर्गानोफस्फेट समूहको ९७.४ प्रतिशत विषादी अंश भेटिएको कृषि प्रयोगशालाले जनाएको छ ।

साथै काउलीमा कार्बामेट समूहको विषादीसमेत प्रयोग गरिएको पाइएपछि नष्ट गरिएको जनाएको छ ।

कृषि उपज बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईका नायब प्राविधिक सहायक रूपेश रिजालका अनुसार व्यापारी सन्तोष ढकाल र विशाल चौधरीले ल्याएको काउली परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो ।

स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पार्ने यस्ता विषादीका कारण उपभोक्ताले मन्द विष सेवन गरिरहेको गुनासो बढेपछि नियमित परीक्षणलाई तीव्र बनाइएको हो ।

विषादी परीक्षणपछि बजारमा पठाइसकेको काउलीको प्रतिवेदन अत्यधिक विषादीयुक्त देखिएपछि बजारबाट फिर्ता गरिएको थियो ।

धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघा लगायतको उपस्थितमा काउली नष्ट गरियो ।

काउली नष्ट गरिसकेपछि उपप्रमुख बेघाले भने, ‘हरेक व्यापारीले ल्याब परीक्षण गरेर मात्र तरकारी बिक्री वितरण गर्नु । परीक्षण बिना तरकारी बिक्री गरेको पाइएको कारबाहीको दायरमा ल्याइने छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.