रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई पाँच दिन म्याद थप

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २५, बिहीबार १८:२९

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईंसहित २४ जनाविरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

राज्य विरुद्धको कसुरमा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरिएको हो ।

उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.