
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष जलवायु सम्मेलन गर्ने भएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले जलवायु सम्मेलन गर्ने बताएका हुन् ।
जलवायु परिवर्तनका नकारात्मक परिणामलाई न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्नका लागि अन्तर्राष्ट्रिय रामसार दिवसका अवसरमा कोशी प्रदेश जलवायु सम्मेलनको आयोजना गर्ने सरकारको तयारी छ । सरकारले चालु आर्थिक वर्ष पहिलो लगानी सम्मेलन गरेको थियो ।























