मानगढ खानेपानीकाे निर्वाचन, ३ हजार ९६४ मत खस्यो

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार १८:४४

विराटनगर । मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ९६४ मत खसेको छ । संस्थामा ५ हजार ९८८ मतदाता थिए । २ हजार २४ जना मतदानमा  सहभागी भएनन् ।

उच्च अदालत विराटनगरको आदेशपछि दोस्रो पटक शनिबार बिहान सवा ७ बजेबाट मतदान सुरु भएको थियो । बेलुका ५ बजेसम्म ३ हजार ९६४ मत खसेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारका प्रतिनिधिसँगको छलफलपछि मतगणना सुरु हुनेछ । मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि २०८१ जेठ १९ मा मतदान भएको थियो ।

निर्वाचन विवादित भएपछि मुद्दा अदालतमा पुगेको थियो । उच्च अदालत विराटनगरले  पुन मतदान गर्नुपर्ने आदेश दिएकाे थियाे ।

नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ ।

भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् । भट्टराईलाई एमालेको विनोद ढकाल समूहले अघि सारेको हो । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्रका केही नेताले सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.