
विराटनगर । विराटनगर महानगपालिका उपप्रमुख शिल्पा निराला कार्कीले स्थानीय तहमा उपप्रमुखहरूको भूमिकाको विषय अझै अस्पष्ट रहेको बताएकी छन् ।
आज (शुक्रबार) विराटनगरमा आयोजित स्थानीय तह उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन ।
‘आज पनि धेरै पालिकाहरूमा प्रमुखसँग तालमेल नमिल्ने, न्यायिक समिति तथा कानुनी व्यवस्थामा अस्पष्टता रहने, उनले भनिन् व्यावहारिक रूपमा कानुनी कार्यान्वयनमा समस्या आउने गरेका छन् ।’
जिम्मेवारी तोकिए पनि अभ्यासमा जनप्रतिनिधि जनताको सम्बन्ध कमजोर हुने, जिम्मेवारी स्पष्ट नहुँदा भौतिक तथा प्रशासनिक कार्यहरूमा उपप्रमुखहरू ओझेलमा पर्ने अवस्था रहेको कार्कीले बताइन् ।
उपप्रमुख कार्कीले यो सम्मेलन उपमहानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा आयोजना भएको बताउँदै प्रमुख र उपप्रमुखको सहकार्य विराटनगर महानगरपालिकाको जस्तो होस् भन्ने उदाहरण पनि रहेको बताइन् ।
सम्मेलनमा आज र भोलि उपप्रमुखहरूको भूमिकाबारे कानुनी व्याख्या, केही विषयमा कार्यपत्र प्रस्तुति र समूहगत छलफल सहित प्रश्नोत्तर कार्यक्रमहरू आयोजना गरिएको छ ।
सम्मेलनको अन्त्यमा ूविराटनगर घोषणा पत्रू जारी गरिने जनाइएको छ । घोषणापत्रले उपप्रमुखहरूको अधिकार, भूमिका र कार्यक्षेत्रलाई कानुनी र व्यावहारिक रूपमा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
























