पत्रकारको आवरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १८:१२

काठमाडौं । पत्रकारको आवरणमा सरकारी कर्मचारीहरुलाई धम्क्याउने र रकम असुल्ने गरेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापका एक कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत टिकाप्रसाद भट्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०४९ साउनदेखि अस्थायी खरिदारमा कार्यरत उनले लगत्तै अनिश्चितकालिन म्याद थप गरेको कैयौ निकायबाट एकसाथ लाभ लिएको अख्तियारको आरोप छ ।

‘कान्तिपुर दैनिक’ को पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समिति लगायत अन्य निकायबाट पनि पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।

कर्मचारीको परिचय लुकाएर पत्रकारको हैसियतले विभिन्न कार्यालयहरुबाट काजरभ्रमण अनि बैठक भत्ता लिएको भन्दै अख्तियारले त्यसलाई गैरकानूनी लाभ भनेको छ ।

अख्तियारको आरोप अनुसार, उनी मन्थली बचत तथा ऋण सहकारी, रामेछाप, मिडाड नेपाल नामक विज्ञापन एजेन्सी लगायतमा कार्यरत थिए । अख्तियारले उनीमाथि २०४९ सालदेखि अहिलेसम्म १ करोड १५ लाख रुपैंया गैरकानूनी लाभ लिएको अख्तियारको आरोप छ ।

अख्तियारले उनलाई कमिसन दिई भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुखहरु अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.