मोरङको रतुवामाईमा १ जना मृत फेला

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार १२:४७

विराटनगर । मोरङको रतुवामाईमा १ जना युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादव मृत भेटिएका हुन् ।

रतुवामाई नगरपालिका–७ विश्वनाथ मन्दिरनजिक मनोज कर्मकारको घर छेउमा यादवको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादव र कर्मचार रतुवामाई–९ का राम भट्टराईको ट्याक्टरमा काम गर्थे ।

कर्मकारका बुवाको मृत्यु भएपछि यादव उनको घर गएका थिए । उनी कर्मकारको घरमा रहेको बाँसको चौतारामा बुधबार बिहानका राति मृत फेला परेका हुन् । मुखबाट फिँज निस्किएको अवस्थामा भेटिएको शवको उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरले पोस्टमार्टम गर्न अस्वीकार गरेको छ ।

त्यसपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले सुतेकै ठाउँमा सर्पले टोकेर यादवको मृत्यु भएको हुनसक्ने सम्भावना रहेको जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.