गोसाइँकुण्डमा बेपत्ता माेरङका दाजुभाइको शव भेटियो

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १२:५२

विराटनगर । रसुवाकाे तीर्थस्थल गोसाइँकुण्ड बेपत्ता भएका माेरङका दुई युवकको शव फेला परेको छ । उनीहरु दाजुभाइ (मामा फुपुको छोरा) हुन् ।

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार बेपत्ता भएका विराटनगर महानगरपालिका ३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपानको शव फेला परेका हो  । उनीहरुकाे शव आज बिहान १० बजे फेला परेकाे दाजु विवेक मिश्रले जानकारी दिए ।

उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगर बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए ।

काठमाडौंबाट साथीभाइसँग उनीहरु शनिबार गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा  नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए । ‘एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए, घटयाे भयाे,’दाजु विवेकले भने,’ हामी शव पर्खिएर बसिरहेका छाैं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.