‘ढुक्क हुनुहोस्, बालेन र कुलमान हाम्रै संगठनमा आउँछन्’

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार ०९:४०

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बालेन शाह र कुलमान घिसिङ आफ्नो संगठनमा आउने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन्। उनले बारम्बार बालेन र कुलमान आफ्नो संगठनमा जोडिने बताउँदै आएका छन्।

सोही क्रममा उनले अरू तिर जानु भनेको भ्रष्टको हलि बन्नु भएको बताउँदै बालेन र कुलमानको स्वभाव यस्तो नभएको समेत उल्लेख गरेका छन्।

‘ढुक्क बस्नुस्! बालेन र कुलमान पनि हाम्रै संगठनमा आउनेछन्!’ उनले लेख्छन्, ‘अरु तिर जानू भनेको भ्रष्टको हलि बन्नु हो जुन वहाँहरूको स्वभावमा पर्दैन!’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.