सांकेतिक तस्बीरविराटनगर । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका –२० स्थित इटहरी–धरान सडक खण्डको पानीपियामा शनिबार बिहान ११ः२० बजे स्कुटर र बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापा बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।























