
विराटनगर । विराटनगरका वरिष्ठ नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित भएका छन् ।
विराट जागृति कला केन्द्र विराटनगरले नेपाली लोक संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै नृत्य निर्देशक थापालाई सम्मानित गरेको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।
थापाले विगत ३३ वर्षदेखि नेपाली लोक संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुऱ्याउँदै आएका छन् ।
केन्द्रका संस्थापक अध्यक्ष काशी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी कलाकारहरूले विभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।



















