
विराटनगर । विराटनगर महानगरपालिकाले ‘मोहम्मद डे’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सवअर्थात् ‘मोहम्मद डे’का अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
ढुंगेलका अनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने छन् ।























