
विराटनगर । पाँचथरको कुम्मायक–३ कात्तिकेमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी घटना स्थलमै मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत भएको छ ।
ताप्लेजुङबाट धरान आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बलेरो तमोर कोरिडोरको कात्तिके खण्डमा सडकबाट तमोर नदीको किनारमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन– ५ का धनकुमार लिम्बू, दीपेश केदेम, मनिषा कार्की र मेरिङदेन–४ की गीता हाङगामको सनाखत भएको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको छ ।
मृतक ६ जनाको शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल लगिएको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।























