कोशी ब्यारेजका ५६ वटै ढोका खोलेपछि सवारी आवागमनमा रोक

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १९, आइतबार ११:२९

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी र मधेस प्रदेशको सीमामा रहेको सप्तकोशी नदीमा पानीको बहाब बढेसँगै खतराको संकेत बत्ती बालेर सवारी आवागमन बन्द गरिएको छ ।

अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीका बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज पुलको ५६ वटै ढोका खुला गरिएको छ । पुलमा सवारी आवागमनमा रोक लगाइएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोशीको पानी सतह बढ्दै गएपछि आसपासका बस्तीमा बाढी जोखिम उच्च बनेको छ भने स्थानीय प्रशासनले सम्भावित क्षतिको न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.