
विराटनगर । अहिले जताततै तिहारको रौनक छाएको छ । घरदेखि सार्वजनिक स्थलसम्म झिलिमिली भएका छन् ।

तिहार हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व हो । तिहार आएसँगै कोशी प्रदेशको राजधानी विराटनगर बत्तीले सजाइएको छ ।

अहिले हरेक घर, टोल र बस्तीहरूमा झिलिमिली बत्ती देख्न सकिन्छ । झिलिमिली बत्तीले सजिएका स्थान मनमोहक देखिन्छन् ।

तिहारलाई विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ । उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने र दियो बाल्ने गरिन्छ । तिहारमा देउसी भैलो खेलेर रमाइलोसमेत गरिन्छ ।


























