तोकिएको पारिश्रमिक कार्यान्वयन गरः नर्सिङ संघ

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ६, बिहीबार ०८:४१

काठमाडौँ । नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो ।

नेपाल सरकारले २०८१ साल मंसिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू नगरेको संघले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा पाँचौँ तहको तलबमान ३४ हजार रुपैयाँसम्म भए पनि आफूहरूले १५ हजार तलबमा काम गर्नुपरेको गुनासो गर्दै आएका छन् ।

संघले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×