
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले आइतबार पार्टीलाई आधिकारिक मान्यता प्रदान गर्दै दर्ता प्रमाणपत्र दिएको हो । साम्पाङले आइतबार नै आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका छन् ।
आयोगले पार्टीको चुनाव चिन्ह ‘माटो’ प्रदान गरेको छ । पार्टीमा २८ केन्द्रीय सदस्य र ५ पदाधिकारी रहने छन् ।
अध्यक्षमा हर्क साम्पाङ स्वयं, वरिष्ठ उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले दसैँअघि असोज १२ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
























