कोशी प्रदेशसभाकाे सचिवमा सुदर्शन खड्काको नाम सिफारिस

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार ११:४८

विराटनगर । कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ । खड्का संघीय संसदकाे अवकास प्राप्त सचिव हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गरेका हुन् । प्रदेश प्रमुखले नियुक्त गरेपछि आजै शपथ ग्रहण गराउने तयारी छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि तत्कालिन सचिव गोपालप्रसाद पराजुलीले राजीनामा दिएपछि प्रदेशसभा सचिवकाे पद रिक्त थियाे ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभा सचिवको शपथग्रहण आज दिउँसो ३ बजे गर्ने तयारी छ । उनका अनुसार सचिवालयको नयाँ भवन कृषि बजारमा शपथग्रहण हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.