विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण 

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार १८:२८
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण 

विराटनगर । लायन्स क्लब अफ विराटनगर शुभमले धनकुटाको एउटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडासहितका सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर धनकुटाको टेकुनालास्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, ट्रयाकसुट, स्टेसनरी सामग्री, भलिबल, लुडो, क्यारमबोर्ड, चेकलगायतका सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

विद्यालयमा अध्ययनरत ५२ जनालाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । क्लबकी अध्यक्ष विन्दु श्रेष्ठ लाखेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ विराटनगर शुभम् आबद्ध पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।

क्लबले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा, खेलकुद सामग्री वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.