विराटनगरकाे बरगाछीमा दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार ०९:५६

विराटनगर । विराटनगरकाे बरगाछीमा माेटरसाइकल  दुर्घटना हुँदा एकजना प्रहरी सहायक हवल्दारकाे मृत्यु भएको छ ।

दुर्घटनामा मोरङको बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, गए राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको थियो ।

कञ्चनबारीतर्फ जाँदै गरेकाे बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो ।

उपचारकै क्रमम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.