
काठमाडौँ । जेनजी आन्दोलनमा आबद्ध मिराज ढुंगानाको नेतृत्वमा आज (सोमबार) भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले त्यस क्रममा निकोलस भुसाल लगायत केहीलाई पक्राउ गरेको छ ।
माइतीघरमा जेनजी समूहले प्रदर्शन गरेको थियो । काठमाडौँ जिल्ला प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन ।
जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।
























