
विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी कार्यक्रम अध्यापन हुने भएको छ । आगामी सन् २०२६ अगस्टदेखि शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयका डिन प्रा.डा. मनिष पोखरेल र कलेजका प्रिन्सिपल टिकाराम पुरीबीच सम्झौता भएको छ ।
कोशी प्रदेशमा केयूको सम्बन्धन पाउने एभरेष्ट पहिलो निजी कलेज बनेको छ । हालका लागि ३० जनाको कोटा प्राप्त गरेको कलेजमा बीआईटी सुरु भएसँगै विद्यार्थीहरूलाई सोही विषय पढ्न काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

























