ग्रिनल्याण्ड कलेजका विद्यार्थीले बनाए रिमोट कन्ट्रोल कार

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार १८:४४
ग्रिनल्याण्ड कलेजका विद्यार्थीले बनाए रिमोट कन्ट्रोल कार

विराटनगर । विराटनगर– ९ स्थित ग्रिनल्याण्ड कलेजका विद्यार्थीले रिमोटबाट चल्ने कार बनाएर सफल परीक्षण गरेका छन् ।

४ दिने वर्कसपको अन्तिम दिन विद्यार्थीहरूले कारको प्रदर्शनी गर्दै रिमोट कन्ट्रोलको माध्यमबाट सञ्चालन गरेका हुन् । आईएनजी (इनोभेट नेपाल ग्रुप) को सहकार्यमा कलेजले आयोजना गरेको ४ दिने आइटी वर्कसपपछि विद्यार्थीले आफैँ रिमोट कन्ट्रोल कार बनाएका हुन् ।

आईएनजीका इभेन्ट म्यानेजर प्रशान्त कुशवालाले यति छोटो समयमा विद्यार्थीहरूले आफै कार निर्माण गरेर सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए । उनका अनुसार पहिलो दिन सैद्धान्तिक ज्ञान र २ दिन व्यवहारिक ज्ञान सिकाइएको थियो ।

अन्तिम दिन भने विद्यार्थीहरूले आफै आरसी कार ( रिमोट कन्ट्रोल कार) निर्माण गरेर सफल परीक्षण गरेका हुन् । वर्कसपमा १ सय ५० जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए भने, १ हजार २ सय विद्यार्थीले अवलोकन गरेको प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

अडिनोउने, मोटर ड्राइभर, ब्लुटुथ मोड्यूल, ब्याट्री तथा होल्डर, जम्पर वायर, स्विच, चेसिसलगायतका सामाग्री कारमा लागेको जानकारी दिँदै विद्यार्थी कृष्ण पोद्दारले भने, ‘प्रदर्शनीका लागि निर्माण गरिएका २ वटा कारका लागि करिब १७ हजार रुपैयाँ लागत लागेको छ ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.