
विराटनगर। कटुवा पेस्तोलसहित प्रहरीले झापाबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
मंगलबार बेलुका अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडाका ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई पक्राउ गरेको हो ।
उनको घरबाट नजिकै रहेको कुखुराको खोरमा राखेको अवस्थामा प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा रहेको कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।
कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


















