क्याम्पसमा सुतली बम पड्काउने दुई जना पक्राउ

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १३:४६

दाङ । दाङको घोराही उपमहानगरपालिमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । क्याम्पस परिसरमा बम पड्काएर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की पक्राउ परेको दाङ प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ परेका हुन् ।

मोटरसाइकलमा आएका दुई मध्ये थापाले क्याम्पसमा बम फालेर भाग्दै गर्दा पक्राउ परेको बताउँदै, डिएसपी तिमल्सिनाले भने, ‘सुतली बम चर्काे आवाजमा पड्केको थियो । दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.