पेरिस पारालिम्पिक भरत पराजित

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १३, बिहीबार १७:१३

काठमाडौं । नेपालका भरतसिंह महता पेरिस पारालिम्पिकअन्तर्गत तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजी मुनिको प्रतिस्पर्धामा पराजित भएका छन् ।

बिहीबार पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरियताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरियताको ५७ औं स्थानमा छन् । हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोवर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजी मुनि तौल समूहमा शुक्रबार नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.