
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी गीता
तिम्सिनालाई दिएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकपछि तिम्सिनाले उक्त जिम्मेवारी पाएकी हुन् । दलका नेता इन्द्रबहादुर आङ्बोले तिम्सिनालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।
मोरङकी तिम्सिना समानुपातिक सांसद हुन् । माओवादी केन्द्रले प्रमुख सचेतक तोके पनि उपनेता र सचेतक तोकेको छैन ।

























