कोशी अस्पताललाई आँखाको उपकरण हस्तान्तरण

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १४, शुक्रबार १९:४४

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई आँखा उपचार गर्ने उपकरण हस्तान्तरण गरिएको छ ।

आँखा उपचार सेवाका लागि १ करोड ६० लाख रुपैयाँ बराबरको अत्याधुनिक उपकरण जापान सरकारले उपलब्ध गराएको हो । अस्पतालमा आयोजित एक कार्यक्रममा जापानी राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले आँखा उपचारको स्तरवृद्धि गर्नका लागि ७ वटा ठूला र अन्य उपकरण हस्तान्तरण गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालका अनुसार ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’अन्तर्गत जापान सरकारले उपकरण प्रदान गरेको हो । बिरामीको सफल उपचारका लागि अस्पतालले स्रोत र साधनसहित गुणस्तरीय उपकरण जुटाउँदै आएको सिलवालले बताए ।

प्रदेशकै ठूलो सरकारी अस्पतालका रुपमा परिचित कोशीमा आँखाको उपचारका लागि मोरङबाट मात्र नभएर आसपास र पहाडी जिल्लासँगै भारतबाट समेत बिरामी आउने गरेको जानकारी उनले दिए । अस्पतालकी आँखा विभाग प्रमुख डा. आश्मा केसीका अनुसार जापान सरकारले मोतियाविन्दु र जलविन्दुको उपचारका लागि विभिन्न ७ वटा उपकरण र अन्य सामाग्री प्रदान गरेको छ ।

विगत ३ महिनादेखि मोतियाविन्दुको शल्यक्रिया हुँदै आएको बताउँदै डा. केसीले भनिन्, ‘हामीकहाँ स्वास्थ्य बिमाबाट उपचार सुरु गराउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ । बिमासँगै अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई समेत सेवा दिँदै आएको छ । अहिले जापान सरकारले उपलब्ध गराएको उपकरणले बिरामीको उपचारमा थप सहजता हुनेछ ।’

उनका अनुसार हस्तान्तरण भएका सामाग्रीमध्ये ओपीडीमा ५ वटा र शल्यक्रियामा २ वटा प्रयोग हुन्छन् । हस्तान्तरण गरिएका उपकरण आँखाको प्रेसर चेकजाँच, अल्ट्रासाउण्ड, आँखाको पर्दा परीक्षण, शल्यक्रिया, आँखाको मोटाइ नाप्न, आँखामा भएको पावर परीक्षण गर्न प्रयोगमा आउने डा. केसीले बताइन् ।

उपकरण हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहलगायतको उपस्थिति थियो । कोशी अस्पतालमा आँचा उपचारका लागि ६ जना चिकित्सक कार्यरत छन् ।

अस्पतालमा दैनिक ३५ देखि ४० जना नेपाली र गैह्रनेपाली नागरिक आँखाको उपचार र परीक्षणका लागि पुग्ने गरेका छन् । अस्पतालमा वार्षिक ३ लाख बिरामीले विभिन्न रोगको उपचार सेवा लिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×