नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १७, सोमबार १२:२३
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । सर्लाहीका एक जना युवकलाई नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–९ का २३ वर्षीय अरुणकुमार महतोलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको ताप्लेजुङ प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए । उनका अनुसार १३ वर्षीया एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।

भदौ १० गते नाबालिकालाई ताप्लेजुङमा बलात्कार गरेको भन्दै महतोविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भएको छ ।

त्यसका आधारका उसलाई फुङ्लिङ नगरपालिका–४ बाट पक्राउ गरिएको हो । जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.