
काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक विक्रेता ३६१ डिग्री सर्व सिद्धी इम्पेक्सका बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई पोशाक प्रदान गर्नेछ ।
टेबल टेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाल र ३६१ डिग्री सर्व सिद्धी इम्पेक्सका निर्देशक सरोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ४ वर्षका लागि कायम रहने निर्देशक कार्कीले जानकारी दिए ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी टेबल टेनिस खेलाडीसहितको टोलीलाई पनि पोशाक प्रायोजन गरेको जानकारी दिइयो ।























